गोरखाका अधिकांश पानीका मुहानमा कोलिफर्म

गोरखाका अधिकांश पानीका मुहानमा कोलिफर्म

  • मङ्लबार, पुस ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

गोरखा, ७ पुस ।

गोरखाको गाउँ–गाउँमा रहेका अधिकांश पानीका मुहानमा कोलिफर्म मिसिएको पाइएको छ । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले गरेको अध्ययनमा अधिकांश मुहानमा मानव दिसाको मात्रा (कोलिफर्म) मिसिएको भेटिएको हो ।

खानेपानी उपभोक्ता महासङ्घ गोरखासँग समन्वय गरी नेवाले गाउँगाउँमा पानीका मुहान खोज्ने, दर्ताका लागि सहयोग गर्ने र कोलिफर्म भए÷नभएको पहिचान गर्ने काम गर्दै आएको छ । जिल्लाका ३० भन्दा बढी गाविसमा पानीका मुहानबारे अध्ययन गरिसकेको नेवाले जनाएको छ ।

नेवाका हरि रिमालका अनुसार कोलिफर्म देखिएका पानीका स्रोतमा निर्भर रहेका गाउँलेलाई पानी शुद्धीकरण विधिबारे जानकारी गराइएको छ ।

पानी उमालेर मात्रै खाने, पोटासको प्रयोग गर्ने र फिल्टरहरुको प्रयोगमा जोड दिइएको रिमालले बताउनुभयो । सदरमुकाम क्षेत्रका प्रायः कुवामा पनि कोलिफर्मको मात्रा देखिएको छ ।

साथै नेवाले सोमबार सदरमुकाममा कार्यक्रम गरी विभिन्न गाविसको खानेपानी तथा सरसफाइ रणनीतिक योजनाबारे जानकारी दिने पुस्तक पनि विमोचन गरेको छ ।

महासङ्घका अध्यक्ष देवीप्रसाद श्रेष्ठबाट तयार पारिएको सो पुस्तकको प्रजिअ उद्धवप्रसाद तिमल्सेनाले विमोचन गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ