संविधान सबैको साझा दस्तावेज हो, यसमा शंका नगरौं :ज्ञवाली

संविधान सबैको साझा दस्तावेज हो, यसमा शंका नगरौं :ज्ञवाली

  • सोमवार, पुस ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौ ६ पौष ।

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले शान्ति प्रक्रिया टुङ्गोमा पुगिसकेको र जारी संविधान सबैको साझा दस्तवेज भएकाले त्यसप्रति शंका नगर्न आग्रह गर्नुभएको छ ।

मिडिया इनटरनेशनल र माइका नेपालको सहकार्यमा आज आयोजित वर्तमान राजनितिक परिस्थिति र शान्ति प्रक्रिया विषयक अन्तरक्रियामा बोल्दै उहाँले मुलुकमा देखिएको समस्या चाडै समाधान हुने र त्यसका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनु भयो ।

उहाँले ५ लाख जनताको सुझाव समेटिएको र संविधान सभामा रहेका ५९७ सभासद मध्ये ५३७ सभासदले पारित गरेको संविधान प्रजातान्त्रिक र समावेशी भएको दावी समेत गर्नुभएको छ । नयाँ संविधानले मधेशी जनताको सबै हक र अधिकार सुनिश्चित गरेको तर त्यो उनीहरुलाई बुझाउन जरुरी रहेको जिकिर गर्नुभयो ।

केही मधेश केन्द्रित दलको राजनितिक स्वार्थका कारण मधेश आन्दोलन चर्केको ज्ञवालीको भनाई छ । यस्तै कार्यक्रममा बोल्दै सभासद लालबाबु यादवले मधेशमा संविधानको प्रचार प्रसारका लागि मिडियाले भूमिका खेल्नुपर्ने बताउनु भयो ।

कांग्रेस युवा नेता रन्जित कर्णले नयाँ संविधानमा कमी कमजोरीहरु रहेकाले सच्याउनका लागि संशोधन प्रस्ताव दर्ता गर्नुपरेको बताउनुभयो । प्रदेश सिमांकनको विषयमा विज्ञहरुको सुझाव बिना शिर्ष नेताहरुको मात्र सहमतिमा टुङ्याएकाले अहिलेको मधेश समस्या उत्पन्न भएको उहाँको धारणा थियो ।

राजधानीको बानेश्वर स्थित इन्द्रेणी फुडल्याण्डमा आयोजित कार्यक्रममा राजनितिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले वर्तमान राजनितिक अवस्था र शान्ति प्रक्रिया विषयक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ