साम्प्रदायिक द्वेष फैलिन नदिन सरकार सचेत छ  :प्रधानमन्त्री ओली

साम्प्रदायिक द्वेष फैलिन नदिन सरकार सचेत छ  :प्रधानमन्त्री ओली

  • सोमवार, पुस ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 9K
    SHARES

विराटनगर, ६ पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति कायम राख्न र साम्प्रदायिक द्वेष फैलिन नदिन सरकार सचेत रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले सरकार वार्ताद्वारा समस्या समाधान गर्न तयार रहेको प्रस्ट पार्नुभयो ।

उहाँले नेपाली जनताको भावनाअनुसार संविधान जारी भएको बताउँदै मुलुकको स्थायित्व र संविधान कार्यान्वयनका लागि एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले नाकाबन्दी, धर्ना, एम्बुलेन्स तोडफोड गर्नु कुनै बहादुरीको काम नभएको भन्दै आ–आफ्ना कुरा शान्तिपूर्ण ढङ्गले राख्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सरकारको दुई महिनाको अवधिमा पुनःनिर्माणसम्बन्धी विधेयक संसद्बाट पारित भएको, सीमा नाकाहरु सहज भएकोलगायतका धेरै काम भएको दाबी गर्नुभयो ।

उहाँ विराटनगर विमानस्थलबाट सुनसरी–इटहरीमा आज आयोजित पार्टीको कार्यक्रममा सहभागी हुन यहाँ आउनुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ