नेपालको सङ्कट चाँडो अन्त्य गर्न भारत उत्सुक :परराष्ट्रमन्त्री थापा

नेपालको सङ्कट चाँडो अन्त्य गर्न भारत उत्सुक :परराष्ट्रमन्त्री थापा

  • आइतवार, पुस ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, ५ पुस ।

उपप्रधान एबम परराष्ट्रमन्त्री कमल थापाले आपूर्ति व्यवस्था र पारवहन अवरोधका कारण नेपालमा सिर्जना भएको सङ्कट चाँडो अन्त्य गर्न भारत उत्सुक रहेको बताउनुभएको छ ।

बेलायत भ्रमण सकेर आज स्वदेश फर्किनुभएका थापाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मी कुरा गर्र्दै बर्तमान समस्या चाडै हट्ने दाबी गर्नुभयो ।

मधेस केन्द्रित दलले उठाएका मागलाई वार्ता र संवादका माध्यमबाट राजनीतिक ढङ्गले समाधान खोज्ने प्रयास भइरहेको बताउँदै उहाँले भन्नुभयो– “हामी समस्या समाधानको अत्यन्त नजिक पुगेका छाँै, केही विषयमा समझदारी भइसकेको छ, केही विषयमा सहमति नजिक छाँै भने केही मागलाई सम्बोधन गर्न प्रक्रिया अघि बढाउने काम भइरहेको छ ।”

प्रजातन्त्रको मूल्यमान्यता र समावेशी चरित्र कायम गरिएको नेपालको संविधानलाई बेलायती नेताले ऐतिहासिक कोसेढुङ्गाका रुपमा व्याख्या गर्नुभएको बताउँदै परराष्ट्रमन्त्री थापाले संविधान निर्माण प्रक्रिया र समावेशी विषयको मुक्तकण्ठले प्रशंसा भएको जानकारी दिनुभयो ।

भारतबाट भएको आपूर्ति व्यवस्था र पारवहनको अवरोधका कारण सिर्जना भएको सङ्कटका बारेमा मन्त्री थापाले बेलायती नेतालाई विस्तृत रुपमा जानकारी गराउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ