गौरमा प्रहरीको गोली लागी १ जनाको मुत्यु

गौरमा प्रहरीको गोली लागी १ जनाको मुत्यु

  • आइतवार, पुस ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाण्डौ,५ पौष ।

रौटहटको गौरमा प्रहरीको गोली लागि एक जनाको मुत्यु भएको छ । गौरस्थित विपि चौकमा प्रहरीले चलाएको गोली लागी तेजापाकड गाविस १ का १५ बर्षका शेख तबरेजको मृत्यु भएको हो ।

बिपि चोकमा बिद्यार्थी सहितका आन्दोलनकारीले प्रहरीलाई ताकेर ढुंगा प्रहार गरेपछि भीडलाई तितरवितर पार्न भन्दै प्रहरीले गोली चलाएको थियो । त्यसअघि प्रहरीले आन्दोलनकारीलाई तितर बितर पार्न अश्रुग्यास र हवाई फायर गरेको थियो ।

यसैबीच, गौर आन्दोलन हिसात्मक बनेको भन्दै जिल्ला प्रशासन कार्यालयले आज ४ बजेदेखी अनिश्चितकालीन कफर्यू आदेश जारी गरेको छ ।

गौरको पुर्वमा बडहरवा पुल, पश्चिममा टिकुलीया गाउँ देखी पुर्व, उत्तरमा नयाँ बसपार्क र दक्षिणमा भन्सार नाकासम्म कफ्र्यू लगाईएको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ