काठमाडौँ, ५ पुस ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि जनकपुरमा गरीएको व्यवहार असभ्य र उद्दण्ड भएको बताउनु भएको छ ।
एमाले प्रदेश नं ४ ले केन्द्रीय कार्यालय धूम्रबाराहीमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले भौगोलिक अखण्डताविरुद्ध कतिपय पक्ष हिंसात्मक ढङ्गले प्रस्तुत हुन थालेकाले सरकारले त्यसलाई कानुन बमोजिम नियन्त्रणमा लिने बताउनुभयो ।
तराईमा देखिएका समस्या समाधानका लागि सरकार गम्भीर गृहकार्यमा लागेकाले केही दिनमा वातावरण सहज हुने उहाको विश्वास छ । आपूर्ति व्यवस्थालाई बिगारेर फाइदा लिन चाहानेहरु सक्रिय भएको जानकारी आफुले पाएको भन्दै प्रम ओलीले उनीहरुको प्रयत्न असफल पार्ने बताउनु भयो ।
सो अबसरमा एमाले प्रदेश नं ४ ले आज विकास निर्माणका लागि मुस्ताङको कोरला नाका खोलिनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।