काठमाण्डौ,५ पौष ।
हिजो दिनभर तनाबग्रस्त बनेको रौतहटको गौरमा आज पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
विपी चोक, जिल्ला प्रशासन चोक, कविर चोक, ट्रान्सफरमर चोकमा प्रहरी र मधेसी मोर्चाका प्रदर्शनकारीबीच झडप भएको हो । झडपका क्रममा १ प्रहरी घाइते भएका छन । प्रर्दशनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन।
प्रहरीले प्रर्दशनकारीलाई तितरबितर पार्न २ राउण्ड हवाइ फायर गर्नका साथै १२ सेल अश्रु ग्यास प्रहार गरेको छ । झडपका कारण गौरको अवस्था अहिले तनावग्रस्त रहेका त्यहाबाट हाम्रा सहकर्मीले जनाएका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline