तराई मधेसमा फेरि आन्दोलन सुरु : गौर तनावग्रस्त

तराई मधेसमा फेरि आन्दोलन सुरु : गौर तनावग्रस्त

  • शनिबार, पुस ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ,४ पौष ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको कार्यक्रम घोषणा गरेलगत्तै मधेसका जिल्लाहरुमा आजदेखि फेरि प्रर्दशन सुरु भएको छ ।

रौतहटको गौरमा प्रदर्शन नियन्त्रण बाहिर गररेको छ । प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन झण्डै दुई दर्जन अश्रु ग्यास र एक दर्जन रबरको गोली चलाएको छ । गौरसँगै जिल्ला प्रशासन चोक, विपी चोक, कविर चोकमा प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छन ।

गौरमा प्रर्दशनकारी र प्रहरीबिच भएको झडपमा परी ११ जना प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन । मधेसी मोर्चाका नेताहरु दिल्ली भ्रमणमा गएपछि मधेसको आन्दोलन केही शान्त बनेको थियो ।

तर, मोर्चाले हिजो आन्दोलनका थप कार्यक्रम घोषणा गरेपछि आजदेखी विभिन्न जिल्लामा प्रदर्शनहरु सुरु हाम्रा सहकर्मिले जनाएका छन ।

बिहान मोर्चाका विद्यार्थी नेता ललन यादवलाई प्रहरीले पक्राउ गरेपछि स्थिति झनै तनावग्रस्त भएको हो । यस्तै वीरगञ्जको घण्टाघरमा प्रदर्शनकारीले प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ