आन्दोलन अतिवादीको कब्जामा जान सक्ने खतरा : ज्ञवाली

आन्दोलन अतिवादीको कब्जामा जान सक्ने खतरा : ज्ञवाली

  • शनिबार, पुस ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाण्डौ,४ पौष ।

नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले मधेस केन्द्रित दलको सर्त मानेर सरकारले मधेसमा गएर वार्ता नगर्ने बताउनुभएको छ ।

एमाले प्रचार विभाग गुल्मीले आज तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले वार्ता गर्न सरकार मधेसमा नजाने बताउनु भयो ।

तराई–मधेस आन्दोलन सामाजिक द्वेष भड्काउने, राष्ट्रिय एकतालाई कमजोर गर्ने र अतिवादी तत्व हाबी हुने खालको भएको बताउँदै नेता ज्ञवालीले मधेसकेन्द्रित दलले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिनुभयो ।

आफँैले निर्माण गरेको सङ्कटमा मधेसीवादी दल आफैँ फस्दै गएको बताउँदै उहाँले समयमै यसको समाधानको बाटामा नगए आन्दोलन नियन्त्रण बाहिर गई अतिवादीको कब्जामा जान सक्ने खतरा बढेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ