संविधान संशोधनको विषयमा काँग्रेस र मोर्चाबीच छलफल

संविधान संशोधनको विषयमा काँग्रेस र मोर्चाबीच छलफल

  • शनिबार, पुस ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौँ, ४ पौष ।

प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र तराई मधेशमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच संविधान संशोधनको विषयमा छलफल भएको छ ।

काँग्रेस सभापति सुशील कोइरालाको निवासमा महाराजगञ्जमा बिहान भएको छलफलमा मुलुकको समसामयिक राजनीतिक संकट यथाशक्य छिटो टुङ्ग्याएर अगाडि बढ्ने सहमति भएको छ ।

छलफलमा काँग्रेसले व्यवस्थापिका–संसदमा पेस भएको संविधान संशोधन विधेयकलाई थप परिमार्जन गर्न सकिने विभिन्न पक्षहरुका बारेमा जानकारी गराउँदै त्यसमा मोर्चासँग आवद्ध दलहरुको सहमति लिएर आउन आग्रह गरेको थियो ।

मोर्चाले भने संसदमा पेस भएको संशोधन विधेयकले आन्दोलनका मागहरु सम्बोधन गर्न नसक्ने भएकाले प्रमुख मुद्दाका रुपमा रहेको प्रदेशको सीमासम्बन्धी विषयमा काँग्रेसको स्पष्ट जवाफ माग गरेको थियो ।

यद्यपि, काँग्रेसको उक्त प्रस्तावलाई मोर्चाले सकारात्मक लिँदै त्यसबारे आवश्यक छलफल गरेर आउने जवाफ दिएको छ । नेपाली काँग्रेसले वार्ता, संवाद र सहमतिबाटै अहिलेको समस्या हल गर्न सकिने भएकाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न मोर्चालाई आग्रह गरेको थियो ।

छलफलमा काँग्रेसका तर्फबाट पार्टी सभापतिसहित अन्य पदाधिकारी र मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ