हत्या गरेर फालिएको अवस्थामा दुई शव फेला

हत्या गरेर फालिएको अवस्थामा दुई शव फेला

  • शनिबार, पुस ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ ४ पौष ।  

रौतहटको हर्दिया पल्टुवा गाविस वडा नम्बर तीनमा दुई आमा छोरीको शव फेला परेको छ । हत्या गरी फालिएको अवस्थामा आमा रेणु साह र छोरी अंकिता साहको शव फेला परेको हो ।

स्थानीय प्राथमिक विद्यालयको पछाडि रहेको खाली चौरमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा दुई शव फेला परेको प्रहरीले जनाएको छ । गएराति नै हत्या गरेको जस्तो देखिने शव स्थानीयबासीले आज बिहान फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी अहिले घटनास्थलमा पुगेको छ । घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले मृतकका आफन्तको खोजी सुरु गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ