मधेसी मोर्चाद्वारा वार्ता औचित्यहीन भएको ठहर

मधेसी मोर्चाद्वारा वार्ता औचित्यहीन भएको ठहर

  • शुक्रबार, पुस ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, ३ पुस ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारको हलुकापनले निष्कर्षको सम्भावना क्षीण भई वार्ता औचित्यहीन बन्न पुगेको ठहर गरेको छ ।

मोर्चाको बैठकले सरकार आफ्ना मागप्रति गम्भीर नदेखिएको भन्दै जारी आन्दोलनलाई थप सशक्त बनाउन विरोधका विभिन्न कार्यक्रम सार्वजनिक गरेको छ ।

मोर्चाद्वारा आज जारी विज्ञप्तिमा वार्ता र संवादबाट मधेसी आदिवासी, थारु, दलित, सीमान्तकृत समुदायको मुद्दाको सम्बोधनप्रति सरकारको स्पष्ट दृष्टिकोणको अभावले गर्दा वार्ता परिणाममुखी हुन नसकेको बताइएको छ ।

सरकार र नेपाली काँग्रेसले संयुक्त रुपमा व्यवस्थापिका–संसद्मा पेस गरेको संविधान संशोधनको प्रस्तावले विगतमा प्रयोग भइसकेको समावेशीकरणको मान्यतालाई विकृत बनाई एकात्मक राज्यलाई निरन्तरता दिने काम गरेको आरोप लगाउँदै मोर्चाले उक्त संशोधनको प्रस्ताव आफूलाई मान्य नहुने जनाएको छ ।

बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले अब आफूहरु आन्दोलनलाई सशक्त बनाउन तराई मधेस जाने भएकाले सरकारले वार्ता गर्न चाहे मधेसमा नै आउनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ