काठमाण्डौ,३ पौष ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बन गर्न सरकारलाई सिफारीस गरेपछि सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले पदबाट राजीनामा दिनुभएको छ ।
राज्य कोषको करौडौ रकममा अनियमितता गरेको आरोपमा आयोगले निलम्बनको सिफारिस गरेको २४ घण्टापछि वन्तले गृह सचिव नारायण गोपाल मलेगु समक्ष राजीनामा बुझाउनु भएको छ ।
अख्तियारको सिफारिसमा सरकारले निलम्बन गर्नु अगावै उहााको राजीनामा आएको हो । वालुवाटारमा केहीबेरपछि बस्ने मन्त्रिपिरिषद बैठकले उहारलाई निलम्बन गर्ने तयारी छ । वन्तको राजीनामाबारे जानकारी गराउन मूख्य सचिव सोमलाल सुवेदी र गृहसचिव मलेगु प्रधानमन्त्री निवास वालुवाटार जानु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline