मन्त्रीपरिषद बैठक स्थगित

मन्त्रीपरिषद बैठक स्थगित

  • शुक्रबार, पुस ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

काठमाण्डौ, ३ पुस ।

मन्त्रीपरिषद बैठक आजलाई स्थगित भएको छ । बिहान साढे ७ बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

यसअघि हिजो अपरान्ह बस्ने भनिएको बैठक आज बिहानका लागि सारिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शसस्त्र प्रहरी महानिरिक्षक कोषराज वन्तलाइ निलम्बन गर्न निर्देशन दिएकाले अब बस्ने मन्त्रीपरिषद बैठकले त्यसको कार्यान्वयन गर्नुपर्नेछ ।

वन्तलाइ निलम्बन गरेपछि कसलाइ कार्यवाहक बनाउने भन्नेमा मतभेद भएकाले मन्त्रीपरिषद बैठक बस्न नसकेको स्रोतको भनाइ छ । वरिष्ठताका अधारमा एआइजी दुर्जकुमार राइ, जिवन थापा र कृष्ण कुमार तामाङ भावि महानिरिक्षक लागि अघि सर्नुभएको छ ।

एआइजीमा बढुवा हुदा राइ एक नम्बरमा हुनुहुन्थ्यो । वरिष्ठताका आधारमा राइले स्वत कार्यवाहक पाउनुपर्ने एक पक्षको तर्क छ । छानविनका क्रममा अनियमितता गरेको देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिरिक्षक वन्त सहित दुइ डिएसपी र एक इन्स्पेक्टरलाइ निलम्बन गर्न सरकारलाइ हिजो निर्देशन दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ