काठमाडौं, ३ पुस ।
संसोधन विधेयकमाथि संसदमा आजबाट सुरु हुने भनिएको छलफल स्थगित गरिएको छ ।
संसोधन विधेयक जनताका लागि सूचित गर्नुपर्ने र मधेसी मोर्चालाई वार्ताका लागि कुर्ने भन्दै पुस ८ गते ११ बजेसम्मको लागि संसद स्थगित गरिएको हो ।
संविधानसभा अध्यक्ष, शीर्ष नेता र प्रमुख सचेतकहरुको सिंहदरवारमा बसेको बैठकले पुस ८ गतेसम्मका लागि संसद बैठक स्थगित गरिएको हो ।
त्यस्तै नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले संसोधन प्रस्तावमाथि छलफल कसरी चलाउनेबारे कुराकानी भइरहेको जानकारी दिनुभयो । उहाले नेपाली कांग्रेस संसोधन गर्ने कुरामा सहमत भएकाले समस्या छिट्टै समाधान हुने बताउनुभयो ।
संविधानको धारा २७४ को उपधारा ३ बमोजिम संविधानको संसोधन विधेयक सर्वसाधारण जनताको जानकारीका लागि सूचना प्रेषित गर्ने प्रावधान छ । सोही अनुसार आजको गोरखापत्रमा ’नेपालको संविधान (पहिलो संसोधन) २०७२’ प्रेषित गरिएको छ ।