काग्रेस केन्द्रीय समिति बैठक जारी, सदस्यता वितरणमा कोईराला र देउवापक्षका नेता विभाजित

काग्रेस केन्द्रीय समिति बैठक जारी, सदस्यता वितरणमा कोईराला र देउवापक्षका नेता विभाजित

  • शुक्रबार, पुस ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ ,३ पुस । 

काग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज तेस्रो दिन पनि जारी रहनेछ ।
पार्टीको केन्द्रीय कार्यालयमा अपराह्न २ बजे देखि सुरु हुने बैठकमा क्रियाशील सदस्यता वितरण सम्बन्धमा नै छलफल हुने बताईएको छ ।

पार्टीको आशन्न १३ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल गर्न बसेकोे बैठकमा क्रियाशील सदस्यता वितरण सम्बन्धमा सभापति शुसिल कोईराला र सेरबहादुर देउवापक्षीय नेताहरु बिभाजित भएका छन् ।

यसअघि बोल्ने नेताले केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा गठित क्रियाशील सदस्यता वितरण छानबिन समितिको प्रतिवेदनमाथि भएको छलफलमा सदस्यता वितरण पारदर्शी नभएको धारणा राखेका छन् ।

अधिकांश केन्द्रीय सदस्यले उक्त प्रतिवेदनअनुरुप क्रियाशील सदस्यता वितरण मापदण्डाविपरीत रहेको भन्दै पुनरावलोकन गर्न माग गरेका छन् भने केही सदस्यले प्रतिवेदनलाई जस्ताको जस्तै पारित गरिनुपर्नेमा जोड दिएका छन् ।

प्रतिवेदनअनुसार पुराना तीन लाख १६ हजार ८६६ र नयाँ दुई लाख १४ हजार क्रियाशील सदस्यता थपिएका छन् । त्यस्तै पुराना क्रियाशील सदस्यमध्ये ६० हजार नवीकरण हुन बाँकी छन् । जम्मा चार लाख ७० हजार पुगेका छन् ।

पार्टीको विधानअनुसार क्रियाशील सदस्यता वितरण सम्बन्धमा गाउँ र नगरले प्रस्ताव गरी क्षेत्रमा पठाउने र क्षेत्रीय समितिले जिल्लालाई सिफारिस गर्ने र जिल्लाले अनुमोदन गरी केन्द्रमा पठाउने प्रावधान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ