बस दुर्घटनामा चौँतीस घाइते

बस दुर्घटनामा चौँतीस घाइते

  • बिहिबार, पुस २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

चौतारा, २ पुस ।

चौताराबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा२ख ४८१५ नंको यात्रु बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् ।

घाइतेमध्ये बाह्र जनाको अवस्था चिन्ताजनक छ । घाइते सबैलाई चौतारा अस्पताल तथा काभ्रेको धुलिखेल अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले बताउनुभयो ।

सिन्धुपाल्चोकको सदरमुकाम चौताराबाट आज अपराह्न ४ बजे छुटेको उक्त बस साँगाचोक गाविसको जनजागृति उमावि नजिकको घुम्तीमा ४।४५ बजे दुर्घटना भएको थियो । घटनास्थलमा उद्धार सकिएको र अन्य यात्रुलाई अर्को बसमार्फत बाह्रबिसे पठाउन पहल भइरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले बताउनुभयो ।

बसमा भित्र र छतमा समेत करिब ७० जना यात्रु थिए । ओरालोतर्फ जाँदै गरेको सो बस तीव्र गति र क्षमताभन्दा बढी यात्रु भएकाले सडकमै पल्टिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ