एक हप्ताभित्र पुनःनिर्माण प्राधिकरण गठन हुन्छ : मन्त्री पाण्डे

एक हप्ताभित्र पुनःनिर्माण प्राधिकरण गठन हुन्छ : मन्त्री पाण्डे

  • बिहिबार, पुस २, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ,२ पौष ।

उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पुनःनिर्माण प्राधिकरण एक हप्ताभित्र गठन भएर प्रमुख कार्यकारी अधिकृत नियुक्त हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेले पुनःनिर्माणसम्बन्धी विधेयक पारित भइसकेकाले अब छिट्टै पुनःनिर्माणको काम अगाडि बढ्ने बताउनुभयो ।

भारतको नाकाबन्दीका कारण अहिले भएका उद्योग समेत चल्न नसकेको भन्दै उहाँले नाका खोल्न कूटनीतिक लगायतका प्रयत्न भइरहेको बताउनुभयो ।

यस्तै काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले काँग्रेस, नेकपा एमाले र एमाओवादीको सहमतिमा पुनःनिर्माण विधेयक ल्याउँदा एमालेका केही सभासद्को अवरोधका कारण तत्कालीन अवस्थामा उक्त विधेयक पारित हुन नसकेको स्मरण गराउँदै अब पुनःनिर्माणका काम तीव्र गतिमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

एमाओवादीका नेता दीनानाथ शर्माले पुनःनिर्माण प्राधिकरण सिइओ जो आए पनि कुनै पार्टीको कार्यकर्ताका रुपमा नभई काम राम्रोसँग गर्ने सक्षम व्यक्ति हुनुपर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ