काठमाडौ २ पौष ।
प्रमख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकमा जारी राजनितिक गतिरोध अन्त्यका लागि राजनितिक दलहरुसँगको छलफललाई तीव्रता दिने निर्णय गरेको छ ।
महाराजगन्ज स्थित सभापति सुशिल कोइरालाको निवासमा बिहान बसेको पदाधिकारी बैठकले मधेश आन्दोलनको अन्त्यका लागि मधेशी मोर्चा र अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
यस्तै संसदमा पेश भएको संविधान संशोधन विधेयक पारित गर्नका लागि कांग्रेसले मधेशी मोर्चासँग छलफल गर्ने तयारी पनि गरेको छ । प्रमुख प्रतिपक्षी कांग्रेस, सत्तारुढ दल एमाले र एकिकृत नेकपा माओवादीको सहमतिपछि संविधान संशोधन विधेयक मोर्चाको विरोधका बाबजुद गत मंगलबार संसदमा पेश भएको थियो ।
यसैबीच कांग्रेसले आजै संसदीय दलको बैठक पनि बोलाइएको छ । अपरान्न ३ बजेपछि संसद भवन नयाँबानेश्वरमा बस्ने बैठमा संविधान संशोधन विधेयक पारित गराउने तथा समसमायिक राजनितिक विषयमा छलफल हुने बताइएको छ ।