काठमाडौ २ पौष । भूकम्पले क्षति पुर्याएको क्षेत्रको स्थलगत अवलोकनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आज गोरखा जानु भएको छ ।
वैशाख १२ को विनाशकारी भूकम्पको केन्द्रविन्दु रहेको बारपाकको स्थालगत अवलोकनका लागि उहाँ आज बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरबाट बारपाक जानु भएको हो ।
बारपाकको अवलोकनपछि उहाँ आजै तिब्बत सँग सिमा जोडिएको छेकम्बार जाने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीको सुरक्षाका लागि जिल्लाका सुरक्षा निकाय र सरकारी उच्च अधिकारी हिजै बारपाक पुगिसकेका छन् ।
यसअघि पनि प्रधानमन्त्री, राष्ट्रपति तथा दलका शिर्ष नेताहरुले त्यस क्षेत्रको अवलोकन गरिसकेका छन् । स्थानीयबासीले भने प्रधानमन्त्री, राष्ट्रपति लगायत दलका नेताहरुले आफूहरुसँग गरेको प्रतिवद्धता पूरा नगरेको गुनासो गरेका छन् ।