अमलेखगंजमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

अमलेखगंजमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

  • बिहिबार, पुस २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ २ पौष ।  बाराको अमलेखगंजमा आज बिहान भएको सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अमलेखगंज स्थित नेपाल आयल नियमको डिपो नजिकै रोकिराखेको बसलाई तीव्रगतिमा गुडिरहेको अर्को बसले ठक्कर दिंदा एक जनाको घटनास्थमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रोकिराखेको बसका परिचालक रौतहट समनपुरका २८ वर्षीय बिनोद दास रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइतेमध्ये ठक्कर दिने बसका चालकको अबस्था भने गम्भीर रहेकाले उपचारको लागि सिमरा अस्पताल पठाइएको छ ।

अन्य घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल बीरगंजमा उपचार भइरहेको छ । सडक छेउमा रोकिराखेको ना ५ ख ५१४२ नम्बरको बसलाई तीव्रगतिमा आउँदै गरेको ना ५ ख २७१८ नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ