सिएनएन हिरो म्यागीद्वारा सुर्खेतमा क्याम्पस बनाउने घोषणा

सिएनएन हिरो म्यागीद्वारा सुर्खेतमा क्याम्पस बनाउने घोषणा

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

 

काठमाडौँ, १ पुस ।

सिएनएन हिरो संयुक्त राज्य अमेरिकाकी युवती म्यागी डोयनले बालबालिकाका लागि सुर्खेतमा छिट्टै भूकम्प प्रतिरोधी क्याम्पस भवन बनाउने घोषणा गर्नुभएको छ ।

सिएनएन हिरोको उपाधि जितेपछि नेपाल आउनुभएकी म्यागीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा समाज सेवाका माध्यमबाट अनाथ तथा असहाय बालबालिका हुर्काएर सक्षम नागरिक बनाउन भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले आफूले नेपालको मध्य पश्चिमी भेगमा गरेका समाज सेवाका कारण प्राप्त गरेको सम्मानले सबै नेपाली र अनाथ छोराछोरीको सम्मान भएको टिप्पणी गर्नुभयो ।

नेपाल आएर मध्यपश्चिमका विभिन्न जिल्ला घुम्दा बालबालिकाको अवस्था साँच्चिकै चिन्ताजनक पाएपछि यतै बसेर काम गर्ने निर्णय गरेको स्मरण पनि उहाँले सुनाउनुभयो ।

तीस वर्षीया म्यागीले सिएनएन हिरो घोषित भएपछि ११ हजार डलर पुरस्कारस्वरुप प्राप्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ