माओवादीका मन्त्री तत्काल फिर्ता हुन्नः शर्मा

माओवादीका मन्त्री तत्काल फिर्ता हुन्नः शर्मा

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

पुष १ काठमाण्डौं ।  एकिकृत माओवादीका प्रबक्ता दिनानाथ शर्माले माओबादीबाट सरकारमा सामेल भएका मन्त्री फिर्ता नबोलाउने बताउनु भएको छ ।
रफत सञ्चार कल्बले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले गृह मन्त्री शक्ति बस्नेतले गरेको गल्तीको आलोचना गरिसकेको र त्यस्तो गम्भीर प्रक्रियाको गल्ती नभएकाले कुनै पनि मन्त्री तत्काल फिर्ता नहुने बताउनु भएको हो ।
उहाँले मधेश अन्दोलन नेपालको आन्तरिक समस्या भएकाले नेपाल भित्रबाटै समाधान हुन लागेको भन्दै मधेशबादी नेताहरु मधेशको मात्रनभई नेपालकै नेताको रुपमा प्रस्तुत् भए समस्या छिट्टै समाधान हुने समेत बताउनु भयो ।
भारतले नाकाबन्दी मधेश अन्दोलनलाई देखाएर गरेको भन्दै उहाँले भारतसँगको सम्बन्धमा चिसोपन आएको बताउनु भयो । उहाँले सम्बन्ध सुधारका पक्षमा कुटनैतिक तवरले दुबै देश लागि परेको भन्दै नेपालको आन्तिरिक समस्या समाधान भए पनि नाकाबन्दी लगाउने वा नलगाउने उसमै भर पर्ने समेत टिप्पणी गर्नु भयो ।
अघोषित नाकाबन्दी पश्चात कालो बजारीको बिगबिगि बढेको र सरकारल नियन्त्रण गर्न लागि परे पनि सफल नभएकाले कालो बजारी गर्नेहरुलाई समाजबाटै बहिष्कार गर्न समेत आग्रह गर्नु भयो ।
प्राधिकरण बिधेक पारित भई सकेको र अव पूननिर्माणाको काम अघि बढ्ने भन्दै यसमा अन्दोलनरत पक्षले समेत सहयोग गरेकाले सफलता मिलेको बताउनु भयो ।
एमाओबादीको केन्द्रिय कमिटिको बठैकले नयाँ जनबादलाई लागू गर्न जोड दिएको भन्दै उहाँले भन्नु भयो केन्द्रिय कमिटिका सदस्यहरुको बिचारलाई पूर्णरुपमा सुनवाई भएको, आएको रायहरुको ब्यापक छलफल गरि सकारात्मक पक्षका बिचारलाई पार्टीले कार्यान्वयनको पक्षमा लाने समेत दाबीगर्नु भयो ।
उहाँले पार्टी अध्यक्ष प्रचन्डले फरक बिचारको सम्मानगर्न नसकेको भनाईहरु हल्ला मात्र भएको भन्दै अध्यक्षले सबै बिचारको सम्मान गर्दै केन्द्रिय कमिटिको निर्णय अनुरुप काम गरेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ