काठमाण्डौ,१ पौष ।
यसबर्षको एसएलसी परीक्षा चैत्र १८ गतेदेखी सुरु हुने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
आन्दोलनका कारण तराई क्षेत्रको पठनपाठन प्रभावित भएको भन्दैे बिगतमा भन्दा दुई साता ढिला गरी परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परिक्षा नियन्त्रक खगेन्द्र नेपालले जानकारी दिनुभयो ।
१८ गतेदेखी सुरु भएको परिक्षा चैत्र २९ गतेसम्म सञ्चालन हुने छ । आन्दोलनको कारण देखाउँदै परीक्षा चैत्र अन्तिम साताबाट मात्र सञ्चालन गर्न शिक्षासँग सम्बन्धित बिभिन्न क्षेत्रले आग्रह गरेपनि परीक्षा नियन्त्रण कार्यालयले तेस्रो साताबाट सञ्चालन गर्ने निर्णय गरेको हो।
माध्यमिक शिक्षा उर्तिण परीक्षा समितिको आज बसेको बैठकले परीक्षाको मिति तय गर्दै पहिलो दिन चैत्र १८ गते अनिवार्य अग्रेजी बिषयको परीक्षा लिने निर्णय गरेको छ ।
यस्तै चैत्र १९ गते अनिवार्य नेपाली, २१ गते गणीत, २२ गते बिज्ञान, २३ गते सामाजिक, २४ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा, २५ गते ऐक्षिक प्रथम र २६ गते ऐक्षिक द्वितिय बिषयको परिक्षा हुनेछ ।