अन्य दलसँग पनि परामर्श गरेर अघि बढ्ने काँग्रेसको निर्णय

अन्य दलसँग पनि परामर्श गरेर अघि बढ्ने काँग्रेसको निर्णय

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, १ पुस ।

नेपाली काँग्रेसले संसदमा पेस भएको संविधान संशोधन सम्बन्धी विधेयकका आधारमा मुलुकको वर्तमान समस्याको समाधान खोज्नुपर्ने निष्कर्ष निकालेको छ ।

आज बसेको केन्द्रीय समिति बैठकले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक र संविधान संशोधन विधयक सदनमा पेश हुनुलाई सकारात्मक लिँदै समस्या समाधानका लागि अन्य दलसँग पनि परामर्श गरेर अघि बढ्ने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता दीलेन्द्रप्रसाद बडूले पार्टीको संस्थागत निर्णयअनुरुप सदनमा दुबै विधेयक प्रस्तुत हुनु सकारात्मक ठहर गर्दै यसले अहिलेको समस्या समाधान गर्न सहयोग पुग्ने बताउनुभयो ।

त्यस्तै बैठकमा पार्टीको आशन्न १३ औँ महाधिवेशनको तयारी सम्बन्धमा छलफल भएको थियो । काग्रेसका नवीकरण गरेका पुराना र नयाँ थपिएका गरी क्रियासिल सदस्यको संख्या ४ लाख ७० हजार ६ सय ५५ पुगेको छ ।

यसअघि ३ लाख १६ हजार क्रियासिल सदस्य रहेकामा २ लाख ५६ हजारले मात्रै नवीकरण गरेका छन् भने यस वर्ष २ लाख २१ हजार १ सय ७९ नयाँ सदस्य थपिएका छन् ।

आजको बैठकमा सदस्यता छानविन समितिका संयोजक नरहरि आचार्यले आफ्नो प्रतिवेदन पेस गर्नुभएको छ । भोलि बिहान ११ बजे बस्ने बैठकमा सो प्रतिवेदनबारे छलफल हुने काग्रेसले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ