हरेक घटनाको विवरण दर्ता गर्न पञ्जीकरण विभागको आग्रह

हरेक घटनाको विवरण दर्ता गर्न पञ्जीकरण विभागको आग्रह

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, १ पुस ।

केन्द्रीय पञ्जीकरण विभागले व्यक्तिको कानुनी पहिचान सुरु हुने आधार भएकाले प्रत्येक व्यक्तिले जन्म, मृत्यु, विवाहजस्ता हरेक घटनाको विवरण दर्ता गर्न आग्रह गरेको छ ।

सर्वसाधारणमा यसबारे जानकारी दिई जन्म, मृत्यु, विवाहजस्ता घटना घटेलगत्तै दर्ता गर्नुपर्छ भन्ने जनचेतना अभिविृद्ध गर्न विभागले देशका ७५ जिल्लामा चार हजारभन्दा बढी स्थानीय पञ्जिकाधिकारीलाई परिचालन गर्दै आएको छ ।

हाल पञ्जिकाधिकारीको काम गाउँमा गाविस सचिव र सहरमा सम्बन्धित वडाका सचिवलाई जिम्मेवारी दिएको छ ।विभागका निर्देशक शङ्कर नेपालले नेपालमा २०३४ सालमा व्यक्तिगत घटना दर्ता गर्ने कार्यको थालनी भएको जानकारी दिँदै यसले व्यक्तिको कानुनी पहिचान सुरु हुने बताउनु भयो ।

विभागले हाल परम्परागत विधि र म्यानुयल विधि प्रयोग गरी आफै सम्बन्धित गाविस वा शहरी क्षेत्रमा भए नगरपालिकाको वडा कार्यालयमा गएर लिखितरुपमा घटनाको दर्ता गर्न सक्ने अथवा अनलाइनमार्फत पनि घटनाको दर्ता गर्ने सुुविधा प्रदान गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ