परम्परागत तवरले ऊर्जा संकट असम्भव रहेको ऊर्जा मन्त्री रायमाझीको भनाई

परम्परागत तवरले ऊर्जा संकट असम्भव रहेको ऊर्जा मन्त्री रायमाझीको भनाई

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौँ, १ पुस ।

उपप्रधान एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले सामुदायिक ग्रामीण विद्युतीकरणमा लागेका संस्थाले प्रसारण र वितरणमा मात्रै ध्यान नदिई सहकारीको अवधारणामा विद्युत् उत्पादनमा लाग्नुपर्ने बताउनुभएको छ।

नेपाल विद्युत् प्राधिकरण, सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ र जर्मन सहयोग नियोगले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले हालको प्रमुख आवश्यकता विद्युत् उत्पादन भएको बताउनु भयो ।

प्राकृतिक स्रोत तथा साधनले धनी भएर पनि मुलुक पछाडि पर्नुको खास कारण व्यक्तिवादी सोच रहेको उल्लेख गर्दै उहाँले ऊर्जा क्षेत्रमा देखिएको नीतिगत, प्रशासनिक समस्या समाधान गरेर अगाडि बढ्न सरकार तयार रहेको जानकारी दिनुभयो ।

भारतको नाकाबन्दीपछि मुलुकभर विद्युत्को माग एक हजार ८०० मेगावाट रहेको जानकारी दिँदै उहाँले जलविद्युत्, सौर्य ऊर्जा, वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत्भार कटौती कम गरिने स्पष्ट पार्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ