काठमाण्डौ,१ पौष ।
एकिकृत माओवादीका प्रबक्ता दिनानाथ शर्माले माओबादीबाट सरकारमा सामेल भएका मन्त्री फिर्ता नबोलाउने बताउनु भएको छ ।
रफत सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको साक्षात्कारमा उहाँले गृह मन्त्री शक्ति बस्नेतले गरेको गल्तीको आलोचना गरिसकेको भन्दै कुनै पनि मन्त्री तत्काल फिर्ता नहुने बताउनु भयो ।
शर्माले मधेश अन्दोलन नेपालको आन्तरिक समस्या भएकाले नेपाल भित्रबाटै समाधान हुन लागेको भन्दै मधेशबादी नेताहरु मधेशको मात्रा नभई नेपालकै नेताको रुपमा प्रस्तुत् भए समस्या छिट्टै समाधान दाबी गर्नुभयो ।
उहाँले भारतसँगको सम्बन्ध सुधारका पक्षमा कुटनैतिक तवरले दुबै देश लागि परेको बताउनु भयो । भारतको अघोषित नाकाबन्दी पश्चात कालो बजारीको बिगबिगि बढेको र सरकार नियन्त्रण गर्न लागि परे पनि सफल नभएकाले कालो बजारी गर्नेहरुलाई समाजबाटै बहिष्कार गर्न समेत आग्रह गर्नु भयो ।