बाकेमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

बाकेमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाण्डौ,१ पुष ।

बाँकेको मानपुरमा भएको स्कुटर दुर्घटनामा २ जनाको मुत्यु भएको छ । एकजना गम्भीर घाइते भएका छन ।

दुर्घटनामा बर्दिया जमुनी–३ का २२ वर्षका विदुरकान्त अर्याल र नेपालगञ्ज कारकादौंका २२ वर्षका सुमन न्यौपानेको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका अर्याल र न्यौपानेको उपचारका क्रममा मुत्यु भएको प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीले बताउनु भयो । गम्भीर घाइते कारकादौंका २५ वर्षका उत्तम न्यौपानेको शिक्षण अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ ।

बाँकेको खजुराबाट नेपालगञ्जका लागि छुटेको भे ५ प ७७१८ नम्बरको स्कुटर बिहान नेपालगञ्ज उपमहानगरपालिका– २३ अन्तर्गत मानपुरस्थित घुमाउरो मोडमा पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ