संविधानमा आदिवासी जनजातिको अधिकार नसमेटिएको भन्दै वालुवाटारमा प्रदर्शन

संविधानमा आदिवासी जनजातिको अधिकार नसमेटिएको भन्दै वालुवाटारमा प्रदर्शन

  • बुधबार, पुस १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, १ पुस ।

नयाँ संविधानमा आदिवासी जनजातिको अधिकार नसमेटिएको भन्दै विभिन्न आदिवासी समुदायका प्रतिनिधिले आज प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएका छन् ।

संविधानमा नेपालका धेरै पहिलेदेखि बस्दै आएका आदिवासी जनजातिको अधिकार उल्लेख्य मात्रामा नसमेटिएको भन्दै आदिवासी जनजाति जागरण अभियानको संयोजनमा धर्ना दिएका हुन् ।

अभियानले इन्धन आपूर्तिको समस्याको चाँडो अन्त्य, कालोबजारी नियन्त्रण, बजारभाउ नियन्त्रण, मानवअधिकार प्रत्याभूित, मधेस आन्दोलनको दमन बन्द, थारु र मधेसीको मागलाई राजनीति तवरबाट सम्बोधन र वार्ताबाट समस्याको समाधान गर्न माग गरेको छ ।

यस्तै राज्यका सबै निकायमा आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिमको समानुपातिक प्रतिनिधित्व, भूकम्पको पुनःनिर्माण तत्काल व्यवस्था गर्नसमेत माग गरेको छ ।

अभियानका संयोजक अर्जुन महर्जनले आगामी पुस ३ गते मधेसी जनताको अधिकार उलङ्घन गरेको भन्दै नेपालस्थित संयुक्त राष्ट्रसङ्घ र मानवअधिकार आयोगका कार्यलय अगाडि धर्ना दिने, पुस ९ र १० गते वैदेशिक नियोग, दूतावासलाई देशको वास्तविकताकोे बारेमा जानकारी गराउने र पुस ११ देखि २६ गतेसम्म आदिवासी जनजातिको हकको बारेमा स्थानीय तहमा जानकारी गराउने जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ