काठमाडौ १ पौष । पार्टीको आसन्न १३ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न नेपाली कांग्रेसको केनिद्रय कार्यसमितिको बैठक आजदेखि सुरु हुदैछ ।
पार्टी केन्द्रिय कार्यलय सानेपामा बिहान ९ बजेपछि सुरु हुने बैठकमा विधान संशोधन तथा महाधिवेशनका लागि गठित विभिन्न समितिको तयारीको गतिविधिका बारेमा छलफल हुने पार्टी सचिवालयले जनाएको छ ।
यसअघि बसेको केन्द्रिय कार्यसमिति बैठकले महाधिवेशनका लागि विभिन्न १३ ओटा समिति गठन गरेको थियो । यस्तै भारतीय नाकाबन्दी र तराई मधेशमा जारी आनदोलनका कारण स्थानीय तहको अधिवेशनमा पार्ने प्रभावका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
तराई मधेशका सांसद तथा जिल्ला सभापतिहरुले जारी आन्दोलनका कारण पार्टीका नेता तथा कार्यकर्ताहरु जिल्ला जान काठिनाई भएको बताउदै आएका छन् । कांग्रेसले पार्टी महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा गर्ने तयारी गरेको छ ।