काठमाडौ १ पौष ।
व्यवस्थापिका संसदको बैठक आज पनि बस्दैछ । अपरान्न ४ बजेपछि नयाँबानेश्वर स्थित संसद भवनमा बस्ने बैठकमा हिजो पेश भएको दुई विधेयक मध्ये पुनरनिर्माण प्राधिकरण गठन सम्बन्धी विधेयकमा छलफल गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
यसअघि हिजोको बैठकमा मधेशी मोर्चाको नारावाजी तथा अवरोधकाबीच संविधान संशोधन विधेयक र पुनरनिर्माण सम्बन्धी विधेयक संसदमा पेश भएको थियो । मोर्चाको विरोधकाबीच विध्यान समितिका सभापति गंगा चौधरीले पुजरनिर्माण सम्बन्धी र कानुनमन्त्री अग्नी खरेलले संशोधन विधेयक संसदमा पेश गर्नु भएको हो ।
पुनरनिर्माण सम्बन्धी विधेयकलाई पेश गर्न सहमति जनाएपनि मोर्चाले संविधान संशोधन विधेयकलाई अघि बढ्न दिएको थिएन । सम्भवतः सहमति जुटे पुनरनिर्माण सम्बन्धी विधेयक आजै पारित गर्ने तयारी रहेको सचिवालयले जनाएको छ । संविधान संशोधन विधेयक भने छलफलपछि मात्र टुङ्गोमा पुरयाउने तयारी छ ।