काठमाण्डौ,२९ मंसिर ।
व्यवस्थापिका संसदमा पुनर्निर्माण र संविधान संशोधन दुबै विधेयक पेश भएको छ । मधेसी मोर्चाका सभासदहरुकोे नाराबाजीका बीच पनि विधेयक पेश भएको हो ।
संसद बैठकमा मधेसी मोर्चाका सभासदहरुले नाराबाजी गरीरहेका छन । मधेसी मोर्चाले प्राधिकरण विधेयक पास गर्न सघाउने बताएको थियो । तर, संविधान संशोधन विधेयकलाई पनि कार्यसूचीमा राखेपछि मधेसी मोर्चाका सभासहरुले नाराबाजी गरेका हुन ।
मोर्चाको नाराबाजीका बीच विधायन समितिकी सभापति गंगा चौधरीले भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माण गर्ने सम्वन्धमा बनेको विधेयकसम्वन्धी प्रतिवेदन पेश गर्नुभएको छ ।
लगतै कानूनमन्त्री अग्नि खरेलले संविधान संशोधन विधेयक पेश गर्नुभएको छ । त्यसअघि नाराबाजीका बीच महिला तथा बालबालिका समितिकी सभापति रञ्जु झाले आफ्नो समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।
बैठक अघि संसद सञ्चालनका लागि सभामुख ओनसरी घर्तिको पहलमा शीर्ष नेतृत्व र प्रमुख सचेतकहरुबीच छलफल भएको थियो ।