काठमडौ २९ मंसिर ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पार्टी प्रतिनिधित्व गर्दै सरकारमा सहभागी मन्त्रीलाई देश र जनताको सेवालाई केन्द्रमा राखेर पारदर्शी ढङ्गले काम गर्न निर्देशन दिनुभएको छ ।
आज बसेको पार्टीको सरकार समन्वय समितिको पहिलो बैठकमा उपप्रधानमन्त्री समेत रहनु भएका थापाले पार्टीको प्रशासनिक कार्यशैलीले जनतालाई नयाँ सन्देश र प्रभावकारी सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष थापाले स्थानीय विकास निर्माणका कार्य गर्दा राजनीतिक चिन्तन तथा दर्शनभन्दा माथि उठेर जनताका सेवालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको उहाँका राजनीतिक सल्लाहकार राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline