नियोकले राहत र पुनःनिर्माणको अनुगमन गर्ने

नियोकले राहत र पुनःनिर्माणको अनुगमन गर्ने

  • मङ्लबार, मंसिर २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.3K
    SHARES

काठमाडौँ, २९ मङ्सिर ।

राष्ट्रिय निर्वाचन परीवेक्षण समिति (नियोक) ले भूकम्पपछिको राहत र पुनःनिर्माणको अनुगमन गर्ने भएको छ ।

नियोकले परीक्षणको पहिलो चरणमा भूकम्प अति प्रभावित गोरखा, दोलखा र सिन्धुपाल्चोकका पाँच पाँच गाविसमा अनुमगन गर्ने छ । यसका लागि नियोकले दुईदिने प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।

प्रशिक्षण कार्यक्रमको आज समापन गर्दै मानवअधिकारकर्मीद्वय चरण प्रसाईँ र भवानीप्रसाद खरेलले सरकार र विभिन्न सङ्घसंस्थाबाट प्रदान गरिएको राहत भूकम्पपीडित समक्ष पुगे नपुगेको, राहतको पारदर्शिता लगायत विषयमा ध्यान दिन प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।
अनुगमन परियोजनाका निर्देशक विकल श्रेष्ठले प्रत्येक जिल्लाका पाँच गाविसका एक एक प्रतिनिधि र जिल्लास्तरीय प्रतिनिधि गरी १८ जनालाई प्रशिक्षण दिइएको बताउनुभयो ।

निर्वाचनसँग सम्बन्धित गतिविधिलाई हेर्दै आइरहेको नियोकले यस पटक मुलुकलाई नै परेको विपत्तिका क्रममा भएका गतिविधिलाई समेत अनुगमन गर्न लागेको छ । प्रशिक्षणमा पुनःनिर्माण प्राधिकरणका काम, कर्तव्य, कानुनी पक्ष, सम्बन्धित गाविसका सङ्घसंस्था, सरोकारवाला र पीडितसँग जानकारी कसरी लिने भन्ने कुरालाई जोड दिइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ