दुई सय ३४ अभियुक्त फरार

दुई सय ३४ अभियुक्त फरार

  • मङ्लबार, मंसिर २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

पाल्पा, २९ मङ्सिर ।

छब्बीस वर्षदेखि हालसम्म विभिन्न आपराधिक क्रियाकलापमा संलग्न भई न्यायिक निकायबाट दोषी ठहर भएका २३४ अपराधी लामो समयदेखि फरार छन् ।

कर्तव्य ज्यान, लागुऔषध, चोरी जस्ता विभिन्न अपराधमा संलग्नले तीन हजार वर्ष आठ महिना १० दिन कैद भुक्तानी गर्न र उनीहरुबाट रु ३६ लाख ३३ हजार ८८२ जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालतका सूचना अधिकारी उत्तम सिलवालले बताउनुभयो ।

फरार अभियुक्तमध्ये तानसेन नगरपालिकाभित्रका सबैभन्दा बढी छन् । अदालतको तथ्याङ्क अनुसार तानसेनका ३१, रामपुरका १६, पिपलडाँडाका ११, मस्यामका नौ, हुमिनका पाँच र खालिवन गाविसका ११ अपराधी फरार छन् ।

अदालतको फैसला कार्यान्वयनका लागि अदालतकै प्रहरी नहुनु, राजनीतिक दलले समेत सहयोग नगर्नु, स्थानीय प्रहरी प्रशासनसँग समन्वय हुन नसक्नु जस्ता कारणले गर्दा अपराधी पक्राउ गर्न कठिन भएको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ