काठमाडौं, २९ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदमा संविधान संशोधन प्रस्ताव र पुननिर्माण विधेयक प्रस्ताव सँगै अघि बढाउनुपर्ने पुरानै अडान दोहोर्याएको छ ।
आज विहान सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा बसेको कांग्रेस पदाधिकारी बैठकले दुवै प्रस्ताव सँगसँगै अघि लैजानु पर्ने निर्णय गरेको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार एउटै कार्यसूचीमा दुवै विधेयक राखेपनि पहिलो प्राथमिकता पुनर्निर्माण विधेयकलाई दिइनेछ । कांग्रेसको प्रस्तावमा मधेसी मोर्चाले सहमति जनाए आजको संसद बैठकमा दुवै विधेयक पेश हुनेछ ।
विधेयक पेश भएपछि विस्तारै छलफलको लागि पहल गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline