दुई वर्ष नेपालले कृषि वस्तु आयात गर्नुपर्दैन– कृषि मन्त्री गजुरेल

दुई वर्ष नेपालले कृषि वस्तु आयात गर्नुपर्दैन– कृषि मन्त्री गजुरेल

  • सोमवार, मंसिर २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँं, २८ मङ्सिर । कृषि विकास मन्त्री हरिबोल गजुरेलले आगामी दुई वर्षभित्र नेपालले कृषि वस्तु आयात गर्नु नपर्ने बताउनुभएको छ ।

आज राजधानीमा कृषि पत्रकार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री गजुरेलले कृषिको विकास बिना मुलुकको विकास सम्भव नभएको बताउनुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर चिरञ्जीवी नेपालले कृषि अब्बल पेसा भएको बताउँदै विभिन्न बैङ्क तथा वित्तीय संस्थालाई लगानी बढाउन आग्रह गर्नुभयो ।

यस्तै कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कृषि विकासमा समाचार सम्प्रेषण गरी किसानलाई उत्पादनमा जागरुक गराएको भन्दै पाँच जना पत्रकारलाई जनही नगद रु १० हजार राशिसहित पुरस्कृत गरेको छ ।

बीबीसी नेपाली सेवाका समाचारदाता सुभाष कार्की, राजधानी दैनिकका लक्ष्मी सापकोटा, कान्तिपुरका प्रकाश अधिकारी, गोरखापत्रका विष्णुप्रसाद न्यौपाने र नयाँपत्रिका दैनिकका ख्यामप्रसाद भुजेललाई सो सम्मान प्रदान गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी