जेरुसेलम मंसीर २८ । ईजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्ह्युको निजी पाल्तु कुकुरले केही सासद र मन्त्रीलाई समेत टोके पछि सो कुकुरलाई नजरबन्दमा राखिने प्रधानमन्त्रीले जनाएका छन् ।
नेतान्युले फेसबुक मार्फत उक्त कुराको जानकारी दिएका छन् । नेतान्युले कानुन अनुसार अब १० दिन कुकुर आफूसग‘ नरहने र जेलमा रहे पछि कुकुर बदलिने विस्वास गरेको बताएका छन् ।
काईया नामको सो कुकुरले गत बुधबार विदेश मन्त्री र आफ्नै पार्टीका सांसद शरीन होस्केल सहित केही पाहुनालाई टोकेको थियो ।
यहुदी चाडको अवसरमा प्रधानमन्त्रीको घरमा दिईएको एक पार्टीका अवसरमा कुकुरले पाहुनाहरुलाई टोकेको थियो ।
यो कुकुरले अमेरीकी विदेश मन्त्री जोन केरी समेत विभिन्न विशिष्ट व्यक्तिहरुलाई भेटेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline