काठमाण्डौ,२८ मंसिर ।
सुनसरीको इटहरी उपमहानगरपालिकामा इँटाभट्टा उद्योगमा विष्फोट हुदा ६ जनाको मृत्यु भएको छ । ६० भन्दा बढी घाइते भएका छन ।
मृत्यु हुनेमा सग्दाम हुसेन, सलुन मियाँ र राहुल मियाँ र शिवनारायण चौधरीको मात्र सनाखत भएको प्रहरी नायब उपरीक्षक चिरञ्जीवी कोइरालाले जानकारी दिनुभयो ।
एक्स्काभेटर प्रयोग गरी घाइतेको उद्धार जारी रहेको र उद्धार गरिएकालाई उपचारका लागि बिपी कोइराला मेमोरियल अस्पताल र नोबेल मेडिकल कलेज विराटनगर लगिएको छ । इँटा पोल्ने क्रममा आगो बाल्दा चिम्नी विष्फोट भएको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline