काठमाडौं, मंसिर २८ ।
पाटीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुको कार्यसमिक्षा गर्दै एकिृकृत नेकपा माओबादी केन्द्रिय कार्यसमिती बैठक आगामी पुष ४ सम्मका लागि स्थगीत भएको छ ।
पाटी केन्द्रिय कार्यालयमा पेरिसडाडामा आज बसेको बैठकमा भूकम्पपीडितहरुलाई आएको कोटामा आफन्त र पार्टी कार्यकर्ताहरुलाई चीन भ्रमणमा पठाएपछि चौतर्फी आलोचना खेपिरहेका गृहमन्त्री शक्ति बस्नेतले आफ्नो गल्ती स्वीकार्नु भएको छ ।
बस्नेतले भूकम्पपीडितको कोटामा नातागोता र कार्यकर्ता पठाएर आफूले गल्ती गरेको भन्दै आत्मालोचना गर्नुभयो । बस्नेतको आत्मालोचनासँगै सो विषयमा अब केन्द्रीय समिति बैठकमा थप छलफल नगर्ने सहमति समेत बनेको पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो ।
बैठकमा गृहमन्त्रीको कामको कडा आलोचना गर्दै केन्द्रीय सदस्यहरुले उहालाई सरकारबाट फिर्ता बोलाउनुपर्ने माग गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहालले आजको बैठकमा उपस्थित भइ प्रष्टीकरण दिन निर्देशन दिनुभएको थियो ।
गत मंसिर १५ गतेदेखि सुरु भएको बैठकमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदनमाथि अहिलेसम्म आधादजर्नभन्दा बढी केन्द्रीय सदस्यले केही फरक मतसहित लिखित प्रस्ताव पेश गरेका छन ।