काठमाण्डौ,२८ मंसिर ।
चितवनको रत्ननगरस्थित सौराहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हात्ती महोत्सव आयोजना गरिने भएको छ ।
क्षेत्रीय होटल संघ सौराहाले आज पत्रकार सम्मेलन गर्दै आउँदो पुस ११ गतेदेखि १५ गतेसम्म महोत्सव गर्न लागिएको जानकारी दिएको छ ।
‘समाज संरक्षण र समृद्धि’ नाराका साथ १२आँैं चितवन हात्ती महोत्सव आयोजना गर्न लागिएको महोत्सव मुल आयोजक समितिका संयोजक सुमन घिमिरेले जानकारी दिनुभयो ।
महोत्सवमा हात्तीका छावाबीचको फुटबल रोमाञ्चक हुने आयोजकको भनाइ छ । महोत्सवमा इलाफेन्ट फाष्ट वाकसँगै हात्तीको पिकनिक कार्यक्रम मुख्य आकर्षण रहने छ ।
हात्ती वाकमा विदेशी र स्वदेशी गरी २० वटा समूहको सहभागिता रहने क्षेत्रीय होटल सङ्घका अध्यक्ष ज्ञानकुमार विष्टले बताउनुभयो । महोत्सव सम्पन्न गर्न रु ३८ लाख खर्च हुने आयोजकको अनुमान छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline