काठमाण्डौ,२८ मंसिर ।
उपप्रधान एबम रक्षा मन्त्री भीम रावलले देशले अहिले भोगिरहेको समस्या समाधान गर्न सरकारले राजनीतिक र कूटनीतिक प्रयास जारी राखेको बताउनुभएको छ ।
चितवनको भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाले प्रतिपक्ष दलले प्राधिकरण विधेयक ल्याउन नदिने र मोर्चाले संविधान संशोधनको विधेयक ल्याउन नदिने कामले देशमा जटिलता थपिएको बताउनुभयो ।
मन्त्री रावलले मधेसी मोर्चासँग नाकामा उत्पन्न समस्या समाधानका लागि पहल भइरहेको र भारतसँग पनि वार्ता चलिरहेको जानकारी दिनुभयो । मोर्चाले आफ्ना मागहरु सम्बोधनका लागि प्याकेजमा सहमति खोजिरहेको उहाको भनाइ थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline