तत्काल राजनीतिक निकास निकाल्न सभामुख घर्तीको आह्वान

तत्काल राजनीतिक निकास निकाल्न सभामुख घर्तीको आह्वान

  • सोमवार, मंसिर २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, २८ मङ्सिर ।

सभामुख ओनसरी घर्तीले नेपाल र नेपाली जनतालाई केन्द्रमा राखेर छलफल गरी वर्तमान सङ्कटको निकास निकाल्न राजनीतिक दललाई आह्वान गर्नुभएको छ ।

संसद्् सेवा दिवसको अवसरमा व्यवस्थापिका–संसद्् सचिवालयले आज आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधान तत्काल कार्यान्वयन गरेर अघि नबढ्ने हो भने त्यसपछिको राजनीतिक परिदृश्य हामीले अपेक्षा गरेभन्दा फरक आउन सक्नेछ ।

त्यसतर्फ बेलैमा ध्यान पु¥याएर तत्काल राजनीतिक निकास निकाल्न म शीर्ष नेताहरुलाई आग्रह गर्दछु ।” सरकारभित्र र बाहिर रहेका राजनीतिक दलको समझदारीपूर्ण प्रयासले नै अहिलेको जटिल अवस्थाको अन्त्य सम्भव रहेको बताउँदै सभामुख घर्तीले भन्नुभयो, “आशा गराँै, निकट भविष्यमै यो जटिल अवस्थाको अन्त्य हुनेछ ।”

संसद् सेवालाई अपेक्षितरुपमा पूर्ण स्वायत्ततासहितको व्यवसायी, विशिष्ट र आकर्षक बनाउन अझै काम गर्नुपर्ने आवश्यकता आँैल्याउँदै उहाँले त्यसका लागि पनि सामूहिक पहल र प्रयत्नको खाँचो रहेको बताउनुभयो ।

उपसभामुख गङ्गाप्रसाद यादवले राजनीतिक नेतृत्वसँगै अहोरात्र खटेर संसद् सेवाका कर्मचारीले काम गरिरहेकाले संविधानसभाबाट संविधान जारी गर्न सम्भव भएको हो भन्नुभयो ।

सचिवालयका सचिव मुकुन्द शर्मा र संसद् सेवा दिवस मूल समारोह समितिका संयोजक सोमबहादुर थापा, कर्मचारी युनियनका अध्यक्ष नेत्र भट्टराईले संसद् सेवालाई नमुना र विशिष्ट तुल्याउन सामूहिक भावनाले अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

समारोहमा विशिष्ट योगदान पु¥याएबापत यस वर्षको ‘संसद् सेवा सर्वोत्कृष्ट पुरस्कार’ शाखा अधिकृत राजन घिमिरेलाई प्रदान गर्ने घोषणा गरिएको थियो । सो पुरस्कारको राशि नगद एक लाख र प्रमाणपत्र रहेको छ ।

संसद् सेवामा नमुना र उदाहरणीय कार्य गरेबापत हलुका सवारी चालक राजाराम थापालाई रु ७५ हजार राशिको ‘संसद् सेवा उत्कृष्ट पुरस्कार’ तथा उपसचिव सुर्दशन कुइँकेल र कार्यालय सहयोगी शिवहरि अधिकारीलाई जनही ५०÷५० हजार राशिको ‘संसद् सेवा पुरस्कार’ प्रदान गरिएको जानकारी दिइयो ।

समारोहमा संसद् दिवसको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा संसद् सचिवालयद्वारा प्रकाशित स्मारिकाको पनि विमोचन गरिएको थियो ।

पहिले निजामती सेवाको अङ्गका रुपमा रहेकामा २०५८ साल मङ्सिर २८ गते बेग्लै संसद् सेवा रहने घोषणा भएपछि हरेक वर्ष मङ्सिर २८ गते संसद् सेवा दिवस मनाउने गरिँदै आएको छ । नीति र विधि निर्माणको मुख्य थलोका रुपमा रहेको संसद् सेवामा हाल ३३४ जनाको दरबन्दी रहेको छ ।

आफ्नो भवन नरहेका कारण सञ्चालन खर्च बढेपनि दक्षता बढाउन नकिएको स्वीकार्दै संसद् सचिवालले संसद् भवन बनाउने बारेमा सोच्न र त्यसको व्यवस्था मिलाउन समारोहमा सरकारको ध्यानाकर्षण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ