काठमाण्डौ,२८ मंसिर ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकार वार्ता र संवादप्रति अहिले पनि गम्भीर नभएको आरोप लगाउनुभएको छ ।
बिरगंजमा आयोजित पत्रकार सम्मेलनमा उहाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अघि सारेका ११ बुदे मागप्रति सरकार र प्रमुख विपक्षी दल संवेदनशील नभएको बताउनु भयो ।
मधेस आन्दोलनप्रति सरकारले फैलाएको अफवाह चिर्न मोर्चाका शीर्षस्थ नेताले हालै भारत भ्रमण गरेको उल्लेख गर्दै उहाले आपूmहरुको भारत भ्रमण फलदायी र उपलब्धिमूलक भएको दाबी गर्नुुभएको छ ।
अध्यक्ष महतोले राज्यबाट शोषित, पीडित र बहिष्कृत मधेसीले अधिकार प्राप्तिका लागि आन्दोलन गरिरहेकाले यसलाई अन्तर्रा्ष्ट्रिकरण गर्नमा सहयोग र समर्थन गर्न भारतीय सरकार र त्यहाको नागरिकलाई आग्रह गरिएकोे बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline