काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १ गते

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पुस १ गते

  • सोमवार, मंसिर २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २८ मंसिर ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ गते बस्ने भएको छ ।मुलुकको समसामयिक राजनीतिक र आसन्न १३औँ महाधिवेशनको तयारीका बारेमा छलफल गर्न बैठक बस्न लागेको कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्न संविधान संशोधन र भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक अघि बढाउन काँग्रेसले खेल्ने भूमिकाका बारेमा छलफल हुने उहाले बताउनु भयो ।

व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल काँग्रेसको आसन्न १३औँ महाधिवेशन आगामी फागुन २० देखि २३ गतेसम्म राजधानीमा हुदैछ । महाधिवेशनको तयारीका लागि गठित समितिले गरेका कामका बारेमा बैठकमा समीक्षा हुने पार्टी कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ