काठमाण्डौ,२८ मंसिर ।
पुर्ब प्रधानमन्त्री एबम नयाँ शक्ति निर्माणका संयोजक डा बाबुराम भट्टराईले मधेसी मोर्चासँग सरकारले गर्ने वार्ता सार्थक बनाउन आफूले सहयोगी भूमिका खेल्ने बताउनु भएको छ ।
नयाँ शक्ति निर्माण अभियान रुपन्देही जिल्ला भेला आयोजक समितिले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा भट्टराईले तराई–मधेस आन्दोलनलाई सार्थक वार्ताबाट समाधान गर्न आफू सहयोगीका रुपमा काम गर्न तत्पर रहेको बताउनु भयो ।
उहाले मुलुकको असहज परिस्थितिलाई समाधान गर्न आफू संवेदनशील रहेको भन्दै सरकार मधेसी मोर्चाका जायज मागलाई सम्बोधन गरी छिटो निकास दिन गम्भीर नभएको आरोप लगाउनु भयो ।
उहाँले यही अवस्था लम्बिदै गए स्थिति नियन्त्रण बाहिर जान सक्ने चेतावनी समेत दिनुभयो । आफूले नेतृत्व गरेको नयाँ शक्तिमा ६० प्रतिशत नयाँ अनुहार हुने उहाँको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline