संसद खुलाउने विषयमा सभामुख घर्तीले शिर्ष नेताहरुसँग छलफल गर्दै

संसद खुलाउने विषयमा सभामुख घर्तीले शिर्ष नेताहरुसँग छलफल गर्दै

  • सोमवार, मंसिर २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमडौ २८ मंसिर ।  

पछिल्ला पटक लगातार संसद बैठक अवरुद्ध हुन थालेपछि सभामुख ओनसरी घर्तीले आज प्रमुख दलका शिर्ष नेताहरुसँगसंसद खुलाउने विषयमा छलफल गर्दै हुनुहन्छ ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले संविधान शंशोधन विधेयक कार्यसुचीमा नराखेको लगातार बैठक अवरुद्ध गर्न थालेपछि सभामुख घर्तीले समाधानको पहल सुरु गर्नुभएको हो । यसका लागि आज अपरान्न ४ बजे सिंहदरबारमा शिर्ष नेतृत्वको बैठक बोलाइएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशिल कोइरालालाई बोलाएको सभामुखका प्रेस सल्लाहकार बबिन शर्माले जानकारी दिनुभयो ।

संसद खुलाउने विषयमा सभामुख घर्तीले दलहरुसँग छलफल गर्न लाग्नु भएको यो पहिलो पटक हो । दलहरुबीच सहमति जुट्न नसक्दा भूकम्पपछिको पुनरनिर्माण विधेयक अझै संसदमा पेश हुन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ