पूर्व विशिष्ट पदाधिकारीलाई राष्ट्रले धान्न नसक्ने सेवा सुविधा नदिऊ : ट्रान्सपरेन्सी

पूर्व विशिष्ट पदाधिकारीलाई राष्ट्रले धान्न नसक्ने सेवा सुविधा नदिऊ : ट्रान्सपरेन्सी

  • सोमवार, मंसिर २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, २८ मङ्सिर । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुखलाई आजीवन सुविधा दिने व्यवस्थाका लागि प्रस्ताव सिफारिस गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको भन्ने विषयमा सार्वजनिक सञ्चारमाध्यममार्फत प्रकाशित समाचारप्रति ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ट्रान्सपरेन्सीले एक विज्ञप्ति प्रकाशित गरी वैशाख १२ गते आएको विनाशकारी भूकम्प र त्यसपछि आएका परकम्पका कारण थुप्रै नागरिकले ज्यान गुमाएको, धेरै व्यक्ति घाइते भएको र ठूलो मात्रामा सार्वजनिक तथा निजी सम्पत्ति नष्ट हुन पुगेको उल्लेख गर्दै यसको व्यवस्थापन गर्न नसकिरहेको र पीडितहरु कष्टका साथ खुला आकाशमुनि जाडोको सामना गरिरहेको जनाएको छ ।

त्यस्तै, तीन महिनाभन्दा बढी समयदेखि गरिएको नाकाबन्दीका कारण मुलुकमा पेट्रोलियम पदार्थलगायत अति आवश्यक उपभोग्यवस्तु तथा औषधिसमेतको आपूर्ति सहज हुन नसक्दा यातायात, स्वास्थ्य सेवा, शिक्षा, विकास निर्माणलगायत आमनागरिकको भातभान्सासम्म पनि असर परेको छ । यसले नेपाली नागरिकको जीवन थप कस्टकर भएको उल्लेख गरेको छ ।

यस्तो अवस्थामा पूर्व विशिष्ट पदाधिकारीहरुलाई आजीवन गाडी, इन्धन, चालक र स्वकीय सचिवालयका नाममा बर्से्नि ठूलो रकमको सुविधा दिने भन्ने समाचारले नाकाबन्दी, विनाशकारी भूकम्प आदिको प्रकोपबाट थिलथिलो अर्थव्यवस्था र पीडित नेपालीलाई थप मानसिक तनाव सिर्जना गर्ने समवेदनाहीन निर्णय हुन लागेकोप्रति सबैलाई चिन्ता लाग्नु स्वाभाविक नै हो ट्रान्सपरेन्सीका अध्यक्ष भरतबहादुर थापाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

राज्यले सुविधा दिने भनेर सूचीकृत गरिएका अधिकांश व्यक्तिहरु या त पेन्सन लिइरहेका छन् या त राजनीतिक पदमा आसीन छन् ।

यस सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेसनल (टिआई) नेपालले सरकारलाई गम्भीर हुन र राष्ट्रिय हितलाई सङ्कीण स्वार्थभन्दा माथि राखी अहिले प्रस्ताव गरिएको राष्ट्रले धान्नै नसक्ने सेवा सुविधासम्बन्धी निर्णय लिने कार्य स्थगन गर्न माग गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ