काभ्रेका दुर्गम क्षेत्रमा खाद्य संकट

काभ्रेका दुर्गम क्षेत्रमा खाद्य संकट

  • आइतवार, मंसिर २७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाण्डौ,२७ मंसिर ।

भूकम्पका कारण काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने कोसिपारी र महाभारत श्रृङ्खला डाँडापारीका गाविसमा खाद्य संकट देखिएको छ ।

जिल्ला खाद्य सुरक्षा सञ्जालको अनुसन्धानबाट महाभारत श्रृङ्खला डाँडापारीका १२ वटा गाविस र कोसिपारीका २० गरी कुल ३२ गाविसमा खाद्य सङ्कटको जोखिम देखिएको हो । जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत देवराज अधिकारीका अनुसार ती गाविसमा ६० देखि ८० प्रतिशत खाद्य अप्रर्याप्तता भएको छ ।

भूकम्पपछि भएका राहत पुनःस्थापनालगायतका कार्यक्रमले जोखिम न्यूनिकरणमा सहयोग गरेको उल्लेख गर्दै अधिकारीले भूकम्पका कारणले थप समस्या आएको बताउनु भयो । नगरपालिका र केही गाविसभित्र कतिपय परिवारले खाद्यन्न नपाएका उहाको भनाइ छ ।

अत्याधिक समस्या भएको ठाउँमा दातृ निकायलाई नै गुहार्ने स्थिति आउन सक्ने अधिकारीले बताउनु भयो । जिल्लामा ठूलो समस्या नदेखिएकोमा जोड दिँदै उहाले सञ्जालभित्र जिल्लाका सबै कार्यालय प्रमुख रहेकाले प्राथमिकताका आधारमा विभिन्न कार्यक्रम सञ्चालन गरेर जोखिम हटाइने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ